प्रजनन स्वास्थ्य समस्या समाधान गर्न सुझावहरु
नेपालमा १५ देखि ४४ वर्ष उमेर समुहका महिला तथा किशोरीहरुकोे प्रमुख स्वास्थ्य समस्या यौन तथा प्रजनन् स्वास्थ्य हो ।
(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)
नेपालमा ६ लाख महिलाहरु पाठेघर खस्ने समस्याबाट ग्रसित छन् भने २ लाख महिलाहरुलाई तुरुन्त शल्यक्रिया गर्न जरुरी छ ।
(संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), २००५)
नेपालमा १५ देखि १९ वर्षका ४१% किशोरीहरुलाई मात्र नेपालमा गर्भपतन गर्न कानुनी मान्यता छ भन्ने बारे थाहा छ ।
(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)
हरेक वर्ष नेपालमा प्रति १ लाख जीवित जन्ममा २३९ महिलाहरुको सूत्केरी र गभावस्थामा मृत्यु भईरहेको छ ।
(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)
१५–४९ बर्ष उमेर समूहका गर्भवती महिलाहरुमध्ये १६% महिलाहरुले मात्र डाक्टर, नर्स वा अ.न.मी. जस्ता दक्ष प्रसुतीकर्मीहरुबाट गर्भवती सेवा पाएका छन् ।
(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)
स्वास्थ्य संस्थामा महिला स्वास्थ्य सेवा प्रदायक नहुँदा आफूलाई स्वास्थ्य सेवा लिन असहज महसुस हुने दुई–तिहाई महिलाहरुले बताएका छन् ।
(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)
त्यस्तै ५% महिलाहरुले उपचारको लागि पैसाको अभाव भएर स्वास्थ्य सेवा पाईरहेका छैनन् भने, ५३% महिलाहरु स्वास्थ्य संस्था टाढा भएको कारणले स्वास्थ्य सेवा प्राप्त गर्नबाट बञ्चित भइरहेका छन् ।
प्रजनन स्वास्थ्य समस्या समाधान गर्न सुझावहरु